काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बिहीबार, नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५६ लाख ३७ हजार कित्ता सेयर ८ अर्ब ६२ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६५ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ३८ करोड ३७ लाख, सीईडीबी होल्डिङस्को ३६ करोड ४९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ६ लाख, नारायणी डेभलपमेन्ट बैंकको १९ करोड २४ रुपैयाँमाथिको कारोबार भएको छ ।