काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकसहित दुई कम्पनीको करिब साढे दुई करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार, छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंकको गरि कुल २ करोड २२ लाख ५२ हजार ५६१.३१ कित्ता सेयर सूचीकृत भएको छ ।
जसमा, छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको ८ प्रतिशतले हुन आउने कुल २३ लाख ८१ हजार ७३७.६८ कित्ता सेयर सूचीकृत भएको छ ।
त्यस्तै, ग्लोबल आईएमई बैंक लिमिटेडको ५.५० प्रतिशतले हुन आउने कुल १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।