६ कम्पनीमा सर्किट लाग्दा यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । आइतबार, नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ९ लाख ८४ हजार कित्ता सेयर ९ अर्ब ४७ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६३ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्समा १०%, गार्डियन माइक्रो लाइफमा ९.९९%, पोखरा फाइनान्समा ९.९८ प्रतिशतले सर्किट लागेको छ ।

गोर्खाज फाइनान्सको ८.७८%, पिपल्स् हाइड्रोपावरको ७.९१%, गुडवील फाइनान्सको ७.८१%, प्रोगेशिभ फाइनान्सको ७.१९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स