साढे ९ अर्ब माथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ९ लाख ८४ हजार कित्ता सेयर ९ अर्ब ४७ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६३ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सीईडीबी होल्डिङस्को ३१ करोड ३८ लाख, हिमालयन पावर पार्टनरको ३० करोड ६४ लाख , न्यादी हाइड्रोपावरको २२ करोड ४ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स