लक्ष्मी लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १० गते बसेको १० औं वार्षिक साधारणसभाले सेयरधनीहरुलाई २७.३७ लाभांश दिने घोषणा गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश पाउने छन् ।

बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ४० लाख ५४ हजार पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स