ज्योति विकास बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालन समितिको बैंकले सेयरधनीहरुलाई १५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बोनस ११ प्रतिशत र ४.५ प्रतिशत नगद लाभांश गरी कुल १५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स