काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
मंगलबार, नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १६ लाख २६ हजार कित्ता सेयर ६ अर्ब १९ करोड १ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२९ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सीईडीबी होल्डिङस्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख, नेपाल रि इन्स्योरेन्सको २० करोड ५३ लाख , सुपर मादी हाइड्रोपावरको १६ करोड ४३ लाख, माथिल्लो मैलुङ खोला जलविद्युतको १५ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।