काठमाडौं । केटिएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित माघ २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले सभा ज्ञानेश्वर, काठमाडौंमा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे डाकेको हो ।
सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।