काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ३६ लाख ७७ हजार कित्ता सेयर ६ अर्ब ५७ करोड ७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, रिभर फल्स् पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन पावर पार्टनरको १८ करोड २० लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३४ लाख , नेपाल रि इन्स्योरेन्सको १५ करोड ५० लाख, सिन्धु विकास बैंकको १३ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।