साढे ६ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २९ लाख ७८ हजार कित्ता सेयर ६ अर्ब २५ करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २६ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सुपर मदी हाइड्रोपावरको २४ करोड ४५ लाख, सानिमा मिडल तमोर हाइड्रोपावरको १५ करोड १५ लाख , सिन्घु विकास बैंकको १४ करोड ९२ लाख, पोखरा फाइनान्सको १३ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स