गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ताका दरले सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन दिएको क्यापिटलले जनाएको छ ।

कुल आवेदनमध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ भने बाँकी १ लाख ८४ हजार ५०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

रेटिङ एजेन्सी केयर नेपालले इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी वेबसाइट बाट हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धकको वेबसाइट : https://kumaricapital.com/

२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स