काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक हाइड्रोपावरको साढे १० लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार, सुपर मादी हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा हाइड्रोपावरको ५ प्रतिशतले हुन आउने कुल १० लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।