दुई कम्पनीमा सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ अंक विन्दुमा आइपुगेको छ ।

आज ८० लाख २१ हजार कित्ता सेयर ३ अर्ब ९९ करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९४ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वीन नेपाल लघुवित्त र सिन्धु विकास बैंकमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
नेपाल रिपब्लिक मिडियाको ४.८७%, केबीएल डिबेन्चरको ४.३४%, हिमालयन पावरको ४.३४%, नेपाल लाइफ इन्स्योरेन्सको ४.०९%, एनआईसी एसिया सेलेक्ट फण्डको ३.९६%, सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ सिमकाृे ३.९१%, सानिमा मिडल तमोरको ३.८५%, भगवती हाइड्रोपावरको ३.७० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स