करिब ४ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ अंक विन्दुमा आइपुगेको छ ।

आज ८० लाख २१ हजार कित्ता सेयर ३ अर्ब ९९ करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९४ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सिन्धु विकास बैंकको १८ करोड ८० लाख, सिंगटी हाइड्रो इनर्जीको १६ करोड ४९ लाख , हिमालयन पावरको १३ करोड ३४ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स