दुई कम्पनीमा सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५५ लाख २ हजार कित्ता सेयर ६ अर्ब ४० करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि,समृद्वि फाइनान्समा १०, सिन्धु विकास बैंकमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

चिरख्वा हाइड्रोपावरको ९.८३%, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.७०%, न्यादी हाइड्रोपावरको ९.३३%, आत्मनिर्भर लघुवित्तको ७.८५%, रिलायन्स फाइनान्सको ७.२९%, ग्रीन डेभलपमेन्ट बैंकको ६.९०%, रुरु जलविद्युतको ६.८१%, जानकी फाइनान्सको ६.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स