साढे ६ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५५ लाख २ हजार कित्ता सेयर ६ अर्ब ४० करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, न्यादी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सिन्धु विकास बैंकको १९ करोड ७७ लाख, सुपर मदी हाइड्रोपावरको १८ करोड, एनआरएन इन्फ्रास्ट्रकचरको १५ करोड ४२ लाख, नेपाल फाइनान्सको १४ करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स