नेप्से ६ अंकले बढ्दा तीन कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २० लाख २१ हजार कित्ता सेयर ५ अर्ब ३८ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावरमा १०% र प्रभु महालक्ष्मी लाइफमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

सिन्धु विकास बैंकको ९.७७%, समृद्वि फाइनान्सको ९.०६%, सामुदायिक लघुवित्तको ८.६०%, अप्पर हेवा खोलाको ८.३७%, ग्रीन डेभलपमेन्ट बैंकको ८.३०%, रिभर फल्सको ८.०६%, अप्पर लोहोरे खोला हाइड्रोपावरको ७.०७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स