साढे ५ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २० लाख २१ हजार कित्ता सेयर ५ अर्ब ३८ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिन्धु विकास बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५९ लाख, साहश उर्जाको १४ करोड ४९ लाख, एनआरएन इन्फ्रास्ट्रकचरको ९ करोड ८२ लाख, भूगोल इनर्जीको ९ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स