काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मुल्य १०० रूपैयाँ दरका ५ लाख कित्ताले हुन आउने रकम ५ करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले सेयर जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त क्रममा जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
जस्मिन पेन्ट्स मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।