काठमाडौं । सोमबार, नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर ६ अर्ब ३० करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आत्मनिर्भर लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सुपरमदी हाइड्रोपावरको ९.७०%, साहश उर्जाको ८.७१%, मायाखोला हाइड्रोपावरको ८.५९%, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.२५%, खानीखोला हाइड्रोपावरको ८.१६%, दोल्ती पावरको ७.८५%, स्वेतगंगा हाइड्रोपावरको ७.६६%, नेशनल हाइड्रोपावरको ७.५२%, ग्रीन डेभलपमेन्ट बैंकको ६.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।