काठमाडौं । साताको दोस्रो दिन सेयर बजार भारी अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर ६ अर्ब ३० करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआरएन इन्फ्रास्ट्रकचरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, साहश उर्जाको १३ करोड ६५ लाख, पीपल्स् हाइड्रोपावरको १३ करोड ५८ लाख, दोल्ती पावरको १२ करोड २ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।