नेप्सेमा ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत भएको हो ।

यस योजनाको १० रूपैयाँ अंकित दरको १२ करोड ५० लाख इकाई (१५ प्रतिशत बिजपुँजीसहित) पुस २२ गते नेप्सेमा सूचीकरण भएको छ ।

नेप्सेको तर्फबाट सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स