काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । आइतबार, कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा कम्पनीको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य २११० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
समायोजन पश्चात कम्पनीको मूल्य १९७१.९६ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब सोमबार समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको कारोबार खुला हुनेछ ।