नेप्से ५ अंकले बढ्दा तीन कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । आइतबार, नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९३ लाख ८६ हजार कित्ता सेयर ४ अर्ब ८६ करोड २ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत र ग्रीन भेन्चरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
दोल्ती पावरको ९.४४%, सामुदायिक लघुवित्तको ८.१८%, राप्ती जनरल एण्ड हाइड्रोको ७.३२%, बलेफी हाइड्रोपावरको ७.०६%, बीओके डिबेन्चरको ६.५३%, एनआईसी एसिया डिबेन्चरको ६.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स