गणपति लघुवित्त संस्थाको प्रस्तावित लाभांश स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले संस्थाको गत आर्थिक वर्ष २०७७र७८ को २० प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृति दिएको हो ।

संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ छ । १९ प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी १५ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त लाभांश संस्थाको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स