काठमाडौं । महुली लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले कम्पनीको एफपीओ आज बिहान आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बाँडफाँट गरेको हो।
कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीको एफपीओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् ।
यो कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ५२.३४ गुणा बढी हो ।
कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । जसमा ४७ हजार ५३५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी १७ लाख ३९ हजार ८४७ जनाको भने हात खाली भएको छ ।
९ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।
महुली घरेलु लघुवित्तले पुस ५ गतेदेखि पुस ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ निष्काशन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्काशन गरेको थियो ।
एफपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी वेबसाइट बाट हेर्न सकिने छ ।
१. बिक्री प्रबन्धकको वेबसाइट : https://lscapital.com.np/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/