‘गरिमा समृद्धि योजना’ का इकाईहरु बाँडफाँट सम्पन्न

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाको इकाईहरु बाँडफाँट सम्पन्न भएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले आज बिहान लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँट सम्पन्न गरेको हो ।

उक्त इकाई बाँडफाँट गरी बीज पूँजी सहित योजनाको आकार एक अर्ब २५ करोड रुपैयाँ अर्थात १२ करोड ५० लाख इकाई कायम गरिएको छ ।

कम्पनीले बीज पूँजी सहित अंकित मूल्य १० रूपैयाँ दरका १० करोड इकाईहरु पुस ७ गतेदेखि पुस ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४,६८१ जना आवेदकहरु मार्फत १२,१८,७८,५१० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो ।

सो निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन प्राप्त भएकोले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँट गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ को अधिनमा रहि बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स