नेप्सेमा एकैदिन सात कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन सात कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, ७ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा हिमालयन डेष्टिलरी लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य १३६१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ११८३.४८ रुपैयाँ कायम भएको छ ।

कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ११०० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य १००४.५७ रुपैयाँ कायम भएको छ ।

कालिका पावर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ५३९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ५०३.७४ रुपैयाँ कायम भएको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ४८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ४६६.०२ रुपैयाँ कायम भएको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको १.८६५९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ५६५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ५५४.६५ रुपैयाँ कायम भएको छ ।

सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७५७.३० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ७१४.४३ रुपैयाँ कायम भएको छ ।

मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको ७.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७३२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ६८०.९३ रुपैयाँ कायम भएको छ ।

योसँगै, आइतबार समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स