काठमाडौं । बिहीबार, नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ८६ हजार कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, न्यादी हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सामुदायिक लघुवित्तको ९.९६%, सप्तकोशी डेभलपमेन्ट बैंकको ९.९०%, सिन्धु विकास बैंकको ९.७९%, सुपर मदी हाइड्रोपावरको ९.६५%, ग्रीन डेभलपमेन्ट बैंकको ९.२६%, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.०४%,रिभर फल्स्को ८.८४%, आत्मनिर्भर लघुवित्तको ७.८८%, त्रिशुली जलविद्युतको ६.६४ प्रतिशतले सेयर मुल्य बढेको छ ।