साढे ४ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८६ हजार कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, प्रभु महालक्ष्मी लाइफ प्रमोटरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४६ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख, हिमालयन डेष्टिलरीको ११ करोड ८५ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रकचरको ९ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स