काठमाडौं । महुली लघुवित्तको एफपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले कम्पनीको एफपीओ भोलि शुक्रबार बिहान १०ः३० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरेको हो।
कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
कम्पनीको एफपीओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् ।
यो कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ५२.३४ गुणा बढी हो ।
कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । जसमा ४७ हजार ५४४ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १७ लाख ३९ हजार ८४७ जनाको भने हात खाली हुनेछ ।
महुली घरेलु लघुवित्तले पुस ५ गतेदेखि पुस ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्काशन गरेको हो ।
हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।