नेप्सेमा सिटिजन्स बैंकसहित दुई कम्पनीको साढे ८२ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स बैंकसहित दुई कम्पनीको साढे ८२ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार, सिटिजन्स बैंक लिमिटेड र हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको गरि कुल ८२ लाख ५४ हजार ३८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा सिटिजन्स बैंकको ४ प्रतिशतले हुन आउने कुल ५६ लाख ८० हजार ३८९ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, हाथ्वे इन्भेष्टमेन्ट नेपालको १० प्रतिशतले हुन आउने कुल २५ लाख ७४ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स