एक कम्पनीमा सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० अंक विन्दुमा आइपुगेको छ ।

आज ९४ लाख ३४ हजार कित्ता सेयर ३ अर्ब ५९ करोड ७४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, त्रिशुली जलविद्युतमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
आत्मनिर्भर लघुवित्तको ९.९३%, सुपर मदी हाइड्रोपावरको ९.८३%, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३६%, जोशी हाइड्रोपावरको ९.२९%, नारायणी डेभलपमेन्ट बैंकको ८.०२%, मल्टीपर्पोस फाइनान्सको ७.३२%, दोल्ती पावरको ६.७०%, बोटल्र्स नेपाल (तराई)को ६.१२%, समृद्वि फाइनान्सको ५.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स