काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बुधबार, नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० अंक विन्दुमा आइपुगेको छ ।
आज ९४ लाख ३४ हजार कित्ता सेयर ३ अर्ब ५९ करोड ७४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १५० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, जानकी फाइनान्सको ९ करोड ६९ लाख, त्रिशुली जलविद्युतको ९ करोड २९ लाख, प्रभु बैंकको ८ करोड ८८ लाख, नेपाल फाइनान्सको ८ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।