यूनिक हाईडेलले आईपीओ निष्काशन गर्ने

काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा माघ ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे डाकेको छ। सभाले सर्वसाधारणमा आईपीओ निष्काशन गर्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरिने कम्पनीको आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण भएको गत आवको नगद प्रवाह विवरण र २०८१ असार मसान्तको वासलात पारित गर्ने तथा आव २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स