नेप्सेमा दुई लघुवित्तसहित पाँच कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्तसहित पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार, पाँच कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य २३६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य २२४.७६ रुपैयाँ कायम भएको छ ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ९२३ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ८१४.६५ रुपैयाँ कायम भएको छ ।

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडको ९.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ८६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ७८५.३९ रुपैयाँ कायम भएको छ ।

शिवम् सिमेन्ट लिमिटेडको ८.५५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ५५६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ५१२.२१ रुपैयाँ कायम भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ३.६५१६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ३८६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ३७२.४० रुपैयाँ कायम भएको छ ।

योसँगै, भोलि बुधबार समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको कारोबार खुला हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स