साढे ५ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३१ लाख ७४ हजार कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, प्रभु बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३५ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको १७ करोड ८७ लाख, जानकी फाइनान्सको १४ करोड ४५ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख, एनआरएन इन्फ्रास्टक्चरको ११ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स