काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा र।खिएको छ ।
लघुवित्तको संस्थापक समूहको १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयरमा संस्थापक व्यक्ति/संस्थाले आवेदन दिन पाउनेछन्। लघुवित्तले प्रतिकित्ता न्यूनतम २८० रुपैयाँका दरले उक्त सेयर बिक्री गर्न लागेको हो।
उक्त सेयर खरिदका लागि आवेदन दिँदा पूरै कित्ताका लागि आवेदन दिनु पर्नेछ। इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंका ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ।