साढे ५ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

आइतबार, नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १० लाख ९९ हजार कित्ता सेयर ५ अर्ब ४७ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, प्रभु बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २६ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जानकी फाइनान्सको १६ करोड ९ लाख, एनआरएन इन्फ्रास्टक्चरको १५ करोड ३४ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड १३ लाख, रिभर फल्स्को ११ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स