तीन कम्पनीमा सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २७ लाख ४६ हजार कित्ता सेयर ५ अर्ब २० करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
न्यादी हाइड्रोपावरको ८.६०%, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.५४%, धौलागिरी लघुवित्तको ७.०६%, जोशी हाइड्रोपावरको ५.९९%, ग्रीन डेभलपमेन्ट बैंकको ५.९३%, गुडवील फाइनान्सको ५.८६%, सिर्जनशील लघुवित्तको ५.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स