काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको आईपीओ पुस ८ गते सोमबार बाँडफाँट गरेको हो ।
उक्त आईपीओ गोलाप्रथामार्फत २२ हजार ५०० जना आवेदकलाई १० कित्ताका दरले २ लाख ५० हजार कित्ता सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।
कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म सर्वसाधारणलाई छुट्याइएको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरेको थियो ।