वर्णबास म्युजियम होटलले आईपीओ निष्काशन गर्ने

काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २९ गते पहिलो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले सभा बालुवाटारस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे डाकेको छ ।

सभाले कम्पनीको पुँजी सेयर संरचना अनुसार आईपीओ निष्काशन गर्नका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यस्तै सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमालीमा आवश्यक संशोधन गर्ने र गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारणको प्रस्ताव पेश गरिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स