साढे ४ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० अंक विन्दुमा आइपुगेको छ ।

आज ८९ लाख ९० हजार कित्ता सेयर ४ अर्ब ४३ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १८ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जोशी हाइड्रोपावरको ११ करोड ७६ लाख, मोलुङ हाइड्रोपावरको ११ करोड ५९ लाख, सपोर्ट माइक्रोफाइनान्सको ९ करोड ९२ लाख, रिभर फल्स्को ९ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स