महुली लघुवित्तको एफपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ निष्कासन तथा बिक्री खुला भएको छ । पुस ९ गतेदेखि आवेदन खुल्ला हुने भएको हो ।

लघुवित्तको ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन भएको हो ।

लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्कासन गर्ने भएको हो ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि पुष ९ गतेसम्म आवेदन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा निष्कासन अवधि पुष १९ गतेसम्म थप गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स