एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ अंक विन्दुमा आइपुगेको छ ।

आज ९८ लाख ३२ हजार कित्ता सेयर ४ अर्ब ७६ करोड २ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २११ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सपोर्ट माइक्रोफाइनान्समा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सामुदायिक लघुवित्तको ७.९६%, भूगोल इनर्जीको ५.०९%, मन्छियम हाइड्रोपावरको ४.५०%, आत्मनिर्भर लघुवित्तको ४.३९%, एनएमबी ५०को ३.४९%, इग्वा हाइड्रोपावरको ३.०७%, उपकार लघुवित्तको २.९३%, एनआईसी एसिया ग्रोथ फण्डको २.५३%, सानिमा ग्रोथ फण्डको १.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स