दुई कम्पनीमा सर्किट लाग्दा अधिकांश फाइनान्सको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ अंक विन्दुमा आइपुगेको छ ।

आज ८१ लाख ४७ हजार कित्ता सेयर ४ अर्ब २७ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्समा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

मानुषी लघुवित्तको ८.२३%, सिक्लेस हाइड्रोपावरको ८.११%, चिरख्वा हाइड्रोपावरको ७.६५%, नारायणी डेभलपमेन्ट बैंकको ५.०६%, माया खोला हाइड्रोपावरको ४.९६%, नेपाल फाइनान्सको ४.८९%, जानकी फाइनान्सको ४.३२%, पोखरा फाइनान्सको ४.०२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स