करिब साढे ४ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ अंक विन्दुमा आइपुगेको छ ।

आज ८१ लाख ४७ हजार कित्ता सेयर ४ अर्ब २७ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिभर फल्स्को १२ करोड ६ लाख, एनआरएन इन्फास्ट्रक्चरको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख, सिक्लेस हाइड्रोपावरको ८ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स