फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा पुस २५ गते कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजे डोकेको हो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने वा गाभिने सम्बन्धमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स