काठमाडौं । एसियन कंक्रिटो लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले सभा पुस २५ गते कम्पनीको कार्यालय, रामग्राम, नवलपरासीमा दिउँसो साढे १२ बजे डाकेको हो । सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने प्रेस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
एसियन कङक्रिटो नेपाल स्ट्यान्डर्ड प्रमाणित पावर र कर्बस्टोन निर्माण गर्ने नेपालको पहिलो कम्पनी हो । साथै, यो कम्पनी दक्षिण एसियाकै सबैभन्दा ठूलो कंक्रिटो ल्यान्डस्केपिङ उद्योगको अग्रणी कम्पनी पनि हो ।