पाँचथर पावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले १ बराबर १ को सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले १ः१ अनुपात अर्थात ९६ करोड २५ लाख रुपैयाँको १०० रूपैयाँ अंकित दरका ९६ लाख २५ हजार कित्ता हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

हकप्रदबाट संकलन भएको रकम बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स